रेवान कपको उपाधि नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी

पाेखरा | चैत ५, २०७९

रेवान कपको उपाधि नविनलाई, डबल्सतर्फ अनुज र नविन विजयी

पोखरा:   नविन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । 


आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नविनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४-२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४-६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नविनले दोस्रो सेट ६-२ ले तथा तेस्रो सेट सुपर टाइमा ९-२ ले आफ्नो पोल्टामा पारेका थिए ।


त्यसैगरी मेन्स डबल्सतर्पmको उपाधि अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६-१, ६-१ को सहज नतिजा निकाल्दै अनुज र नविनको जोडिले उपाधि आफ्नो पक्षमा पारेका हुन् । जितसँगै विजयी खेलाडीले नगद रु १० हजार तथा उपविजेता खेलाडीले नगद रु ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नवप्रवेशी तर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफि पुरस्कार प्राप्त गरे ।


प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए । विशेष अतिथि नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए । अर्का अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको जनाए ।


कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोह संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नविन चालिसेले लगायतले आ–आफ्नों भनाई राखेका थिए । 
 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ ।    प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

थप पढ्नुहोस्